Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

अखिल क्रान्तिकारी

सम्मेलनको साटो ताण्डव गरी फर्किए प्रतिनिधि, प्रचण्डसँग आचना माग्दै पदाधिकारी

सम्मेलनको साटो ताण्डव गरी फर्किए प्रतिनिधि, प्रचण्डसँग आचना माग्दै पदाधिकारी


  • 2.7K
    Shares

    सम्मेलनको साटो ताण्डव गरी फर्किए प्रतिनिधि, प्रचण्डसँग आचना माग्दै पदाधिकारी

    काठमाडौं । माओवादी भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को सम्मेलन भाँडिएको छ । असोज ११–१४ सम्मका लागि तोकिएको २३औँ सम्मेलन भाँडिएको हो । 

    तोकिएको समयमा सम्पन्न गर्न नसकेपछि अनेकन् वहाना बनाएर सम्मेलन भाँडिएको छ । विशेषतः २८, ३० र ३२ वर्षे उमेरहद कायम गर्नुपर्ने प्रतिनिधिको अडानले सम्मेलन भाँडिएको हो । 

    ३२ नाघेका नेतृत्वका आकांक्षीकै कारण सम्मेलन भाँडिएको प्रष्ट छ । उनीहरूले कुनै हालतमा उमेरहदबन्दी कायम नगर्न माउ पार्टीका शीर्ष नेताहरूलाई दबाब दिँदै आएका थिए । 

    उमेरहदलाई लिएर नेतृत्वका आकांक्षीले कीर्तिपुरस्थित स्मृतिसभामा आयोजित सम्मेलनमै खुकुरी प्रदर्शन, कुर्सी तोडफोड लगायतका आपराधिक हर्कत गरेका थिए । 

    यसलाई ढाकछोप गर्न प्राकृतिक विपद् देखाउँदै सम्मेलन स्थगित गरिएको छ । उप्रान्त कहिले सम्मेलन हुनेबारे निर्णय नभएको विद्यार्थी नेता नरेश रेग्मी बताउँछन् । 

    अनिश्चितकालका लागि सम्मेलन स्थगित भएपछि आज (बिहीबार) बिहानै पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न अध्यक्ष मण्डल खुमलटार पुगेको थियो । 

    सम्मेलन सम्पन्न गर्न नसकिएको स्वीकार्दै प्रचण्डसँग अध्यक्ष मण्डलले याचना मागेको छ । उसले सकभर दशैँ–तिहर लगत्तै सम्मेलन सम्पन्न गर्ने बताएको छ ।

    प्रकाशित मिति :आश्विन १७ २०८१ बिहिवार - १३:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij