२०८२ माघ १० गते शनिवार
काठमाडौं । कांग्रेसले आफ्ना तीनवटा भातृ संगठनको महाधिवेशनका लागि समिति गठन परेको छ । उसले नेविसंघ, नेपाल तरूण दल र महिला संघको अधिवेशनका लागि निर्देशन समिति गठन गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले आज (बुधबार) महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । भाातृ संस्थाहरूको महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । नेविसंघको महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर छन् ।
केन्द्रीय सदस्य राजिव ढुंगाना र केन्द्रीय सदस्य प्रतिमा गौतम छन् । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ छिन् भने सदस्यहरूमा केन्द्रीय सदस्य सरिता प्रसाई र केन्द्रीय सदस्य जीतजंग बस्नेत छन् ।
यस्तै नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी र सदस्यहरूमा केन्द्रीय सदस्य पुष्पा भुसाल र केन्द्रीय सदस्य रुक्मिणी कोइराला छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij