Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सहमतिको प्रयास

विद्यार्थी नेताहरू प्रचण्ड निवास खुमलटारमा खचाखच, नेतृत्व हत्याउन हानथाप

विद्यार्थी नेताहरू प्रचण्ड निवास खुमलटारमा खचाखच, नेतृत्व हत्याउन हानथाप


  • 3.4K
    Shares

    विद्यार्थी नेताहरू प्रचण्ड निवास खुमलटारमा खचाखच, नेतृत्व हत्याउन हानथाप

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व हत्याउन हानथाप परेको छ । नेतृत्वका आकांक्षीबीच कसले अध्यक्ष पद हत्याउने भन्नेमा हानथाप परेको हो । 

    अध्यक्षका आकांक्षी तुकमान महरा, नरेश रेग्मी, दिपेश पुनलगायतका दर्जन बढी विद्यार्थी नेताहरू छन् । उनीहरूबीच आपसी सहमति नहुँदा माउ पार्टीका नेता गुहार्न कोठा–चोटा चहार्न थालेका छन् । 

    यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनीहरूले भेटेरै नेतृत्व छनोटबारे छलफल गरेका थिए । अध्यक्षले संगठनको नेतृत्व सहमति वा निर्वाचनको माध्यमबाट छनोट गर्न निर्देशन दिएका थिए । 

    तर, बीचमै उमेरहद मुद्दाको थालनी भएपछि झन् विवाद गहिरिँदै गएको छ । यसबारे पनि प्रचण्डले सहमति र निर्वाचनको माध्यम अपनाउन भनेका थिए । ३२ नाघेका विद्यार्थीहरूले उमेरहद लागू नगर्न जोडबल गरेपछि सम्मेलन नै लम्बिएको छ । 

    सम्मेलन लम्बिएपछि केही विद्यार्थी प्रतिनिधि घर हिँडेका छन् भने अधिकांश काठमाडौंमै छन् । उनीहरूले सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेर घर जाने अठोट लिएका छन् । 

    नेतृत्वका आकांक्षी भने रात, दिनै नेता गुहार्न पुगेका छन् । आज (बुधबार) बिहानैदेखि उनीहरूले प्रचण्ड निवास खुमलटार पुगेरै सहमति गरिदिन आग्रह गरेको खुमलदार पुगेका एक विद्यार्थी नेताले बताए । 

    यसका लागि प्रचण्डले केहीबेर अघि पार्टी पदाधिकारी बैठक बसालेका छन् । अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म तोकिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । सम्मेलन कीर्तिपुर, काठमाडौंस्थित स्कृतिसभा हलमा जारी छ । 

    प्रकाशित मिति :आश्विन १६ २०८१ बुधवार - १२:२८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij