२०८२ माघ १० गते शनिवार
कठमाडौं । रास्वपा पूर्वमहामन्त्री मुकुल ढकालले साधारण सदस्यबाट नहटाउन आग्रह गरेका छन् । पार्टी सभापति रवि लामिछानेलाई निवेदन लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मुकुलले पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन रहेकोले साधारण सदस्य कायम गराई साविककै पदीय हैसियतमा काम गर्न पार्टीसँग आग्रह गरेका छन् ।
उनले निवेदनमा लेखेका छन्, ‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।’
रास्वपाले गत असार २५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध मुकुल निर्वाचन आयोगमा पुगेका थिए ।
हेर्नुहोस् निवेदन :
म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानूनविपरीत केन्द्रीय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१÷०५÷११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ । साथै मलाई मिति २०८१÷०३÷२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij