२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)मा उमेरहद विवाद कायमै रहको छ ।
असोज १० गतेदेखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा २३औँ सम्मेलन जारी छ । तर, प्रस्तावित मस्यौदा विधान अनुमोदनअघि उमेरहद लगाउने वा नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
विवाद मिलाउन राति अबेरसम्म बसेको केन्द्रीय कार्यालय बैठकले बुधबार ८ बजेबाट उमेरहद सम्बन्धमा मतदान प्रक्रियामा जाने निर्णय गरेको थियो । तर, निर्वाचन प्रक्रियामा जाने विषयमा सर्वसम्म सहमति नभएको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए ।
पार्टी निर्वाचन आयोगका प्रमुख कुवेर वलीले सहमति गरेर आएमा ९ बजेबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । विवाद समाधान उन्मुख भएपनि सम्मेलन लम्बिएको छ ।
३२ वर्षे उमेरहद नाघेका नेताहरू पार्टीका कोठा चोटामा पुगेर सहमतिको प्रयास खोजिरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij