Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विपद् मलहम

निर्वाचन आयोगका आयुक्तहरूको ७ दिनको तलब राहतकोषमा, सचिवको स्वेच्छिक सहयोग

निर्वाचन आयोगका आयुक्तहरूको ७ दिनको तलब राहतकोषमा, सचिवको स्वेच्छिक सहयोग


  • 2.3K
    Shares

    निर्वाचन आयोगका आयुक्तहरूको ७ दिनको तलब राहतकोषमा, सचिवको स्वेच्छिक सहयोग
    images

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले सात दिनको तलब काटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गर्ने भएका छन् । उनीहरूले बाढीपहिरो पीडितहरूको राहतका लागि सात दिनको तलब काटेर उक्त कोषमा जम्मा गर्न लागेका हुन् । 

    निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको सात दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय गरेको बताएका हुन् । 

    ‘बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरूलाई राहत प्रदान गर्न सहयोग पु¥याउनको लागि आयोगका माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरूको ७ (सात) दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय भएको छ,’ सापकोटाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ । 

    त्यस्तै आयोगकै सचिव, सह–सचिव लगायतका सम्पूर्ण कर्मचारीले स्वच्छिक रूपमा सहयोग तथा सहायता प्रदान गर्न आह्वान गर्ने निर्णय गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आयोगका सचिव, सह–सचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वेच्छिक रूपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।’

    हेर्नुहोस् विज्ञप्ति :

    प्रेस बिज्ञप्ती 6.15 (1)_page-0001.jpg

    प्रकाशित मिति :आश्विन १५ २०८१ मंगलवार - १६:३१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij