२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहतकोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान पनि गरेको उनको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij