२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले उमेर हदबारेको विवाद मतदानबाट टुंगाउने भएको छ ।
मंगलबार मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरुले बताएका छन् ।
अखिल क्रान्तिकारीले उमेरहदको विवाद टुंगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ ।
विहिबारदेखि सुरू भएको महाधिवेशनमा उमेरहद लागू गर्नुपर्ने आवाज उठेपछि मुलपार्टी माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुंगाउन निर्देशन दिएको थियो ।
सोमबार मतदानको प्रक्रिया सुरू गर्ने भनिएको भएपनि निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।
अखिल क्रान्तिकारीमा नेताहरुको उमेरहद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ ।
उमेरहद लागू भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij