Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रेमिट्यान्स

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब


  • 2.5K
    Shares

    रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८/८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।

    आवको पहिलो महिना वैदेशिक रोजगारीमा जानेको संख्यामा ७.१९ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ५९ हजार पाँच सय ७५ जनाले यस्तो स्वीकृति लिएका छन् ।

    प्रकाशित मिति :आश्विन १० २०८१ बिहिवार - १३:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij