Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

घूस लिएको आरोपमा वडा अध्यक्ष ओलीसहित २ जना अख्तियारको नियन्त्रणमा

घूस लिएको आरोपमा वडा अध्यक्ष ओलीसहित २ जना अख्तियारको नियन्त्रणमा


  • 2.6K
    Shares

    घूस लिएको आरोपमा वडा अध्यक्ष ओलीसहित २ जना अख्तियारको नियन्त्रणमा
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले झापा, बुद्धशान्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जना घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

    ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुसररिसवत लिइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको थियो ।

    प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले ओलीलाई रु.८०,०००।– (असी हजार रुपैयाँ) घुसररिसवत सहित इलाका प्रहरी कार्यालय, अनारमनी, झापाबाट निज र घुसररिसवत दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन ९ २०८१ बुधवार - १५:०५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij