२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसा शब्द फिर्ता नलिए संसद् चल्न नदिने जिकिर गरेका छन् ।
उनले शनिबार शहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो जिकिर गरेका हुन् ।
प्रचण्डले अहिले संसद्मा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रूपमा अथ्र्याइएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिंदासम्म संसद्को प्रतिरोध जारी राख्ने बताए ।
जनयुद्धका महान शहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटकपटक शहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका शहिदले राष्ट्रिय शहिदको मान्यता पाउन नसकेकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर शहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको प्रष्ट पारे ।
त्यस्तै पूर्व नेकपा (माओवादी) घटकहरूले हिंसा शब्द फिर्ता नलिए एमाले सांसद यागेश भट्टराईमाथि कारबाहीको डण्डा वर्षाउने चेतावनी छन् । उनीहरूले विज्ञप्ति नै निकालेर यस्तो चेतावनी दिएका हुन् ।
एमाले सांसद भट्टराईले भदौ १२ मा बसेको संसद् बैठकमा १० वर्षे जनयसद्धलाई हिंसाको टिप्पणी गरेका थिए । त्यसपछि संसद्मा माओवादीले त्यसको प्रतिवाद गर्नुका साथै बैठक नै चल्न दिएका थिएनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij