Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

किन बढिरहेको छ सार्वजनिक ऋण ? प्रतिव्यक्ति हिस्सा कति पुग्यो ? 

किन बढिरहेको छ सार्वजनिक ऋण ? प्रतिव्यक्ति हिस्सा कति पुग्यो ? 


  • 1.4K
    Shares

    किन बढिरहेको छ सार्वजनिक ऋण ? प्रतिव्यक्ति हिस्सा कति पुग्यो ? 
    images

    काठमाडौँ । केही बर्ष यता नेपालको सार्वजनिक ऋण लगातार बढिरहेको देखिएको छ । अब प्रश्न उठ्छ तपाईको टाउकामा ऋणको भार कति छ ?

    यस प्रश्नको उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो ।  

    तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । 

    सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हरेक नेपालीको टाउकामा ८६ हजार ६ सय ९८ रुपैयाँ बराबरको ऋणको भार परेको छ । 

    सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार नेपालको कूल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन ।

    तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो । गत आर्थिक बर्ष २०८०/८१ को २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ  थियो । यस्तै, अघिल्लो आर्थिक बर्ष २०७९/८० को अन्तयसम्ममा यस्तो ऋण २२ खर्ब ९५ अर्ब रुपैयाँ थियो । 

    कार्यालयको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४४.३२ प्रतिशत छ । असार मसान्तसम्ममा कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४२.६५ प्रतिशत थियो । 

    सरकारले तिर्नुपर्ने आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेका कार्यालयले जनाएको छ । जसमा कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण हिस्सा २१.६६ प्रतिशत रहेको छ भने वाह्य ऋण दायित्व हिस्सा २२.६६ प्रतिशत रहेको छ । 

    गत आर्थिक बर्षको अन्त्यसम्ममा सरकारले तिर्नुपर्ने आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रूपैयाँ र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १३ करोड रूपैयाँ पुगेको थियो । 

    प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ६९८ रुपैयाँ 

    सार्वजनिक ऋण हिस्सा प्रतिव्यक्ति भाग लगाउँदा ८६ हजार ६९८ रुपैयाँ रुपैयाँ पुगेको छ । कुल सावर्जजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ८३ हजार ४ सय ३१ रुपैयाँ थियो ।

    दुई महिनामै उठाइयो लक्ष्यको १८.६६ प्रतिशत ऋण

    चालु आव सरकारले कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन लक्ष्य राखेको छ । भदौसम्म उठाइएको सार्वजनिक ऋण लक्ष्यको १८.६६ प्रतिशत हो ।

    यो वर्ष सरकारले दुई महिनामा आन्तरिक ऋणतर्फ लक्ष्यको २७.२७ प्रतिशत उठाइसकेको छ । यस वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।

    वाह्य ऋण लक्ष्य २ खर्ब १७ अर्ब रुपैयाँ छ । भदौसम्म १४ खर्ब ५ अर्ब रुपैयाँ उठाइएको छ । जुन लक्ष्यको ६.४८ प्रतिशतमात्र हो । वाह्य ऋण भने विकास निर्माण गतिमा समेत निहित रहन्छ । विकास निर्माणको सुस्त गतिका कारण सरकारले लक्ष्य अनुसार प्राप्ति गर्न सकिरहेको छैन ।

    भुक्तानी पुग्यो १२ प्रतिशत

    यस वर्ष लक्ष्यको ११.८४ प्रतिशत रकम भुक्तानी भइसकेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ बजेट ऋण भुक्तानीमा खर्च गरेको छ । यो लक्ष्यको ११.८४ प्रतिशत हो । यस वर्ष सरकारले ऋण तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जुन पूँजीगत खर्चभन्दा धेरै हो ।

    प्रकाशित मिति :आश्विन ४ २०८१ शुक्रवार - ०७:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij