२०८२ माघ १० गते शनिवार
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) सांसद योगेश भट्टराईलाई कारबाही गर्न माओवादी घटकहरूले कडा चेतावनी दिएका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले विज्ञप्ति नै जारी गरेर भट्टराईलाई चेतावनी दिएका हुन् ।
विज्ञप्तिमार्फत भट्टराईलाई ताप्लेजुङ प्रवेशमा रोक लगाएका छन् भने जस्तोसुकै कारबाही गर्न तयार भएको माओवादी घटकहरूले बताएका छन् । ताप्लेजुङ उनी निर्वाचित निर्वाचन क्षेत्र हो ।
भदौ १२ को संसद् बैठकमा शून्य समयमा बोल्दै उनले हिंसा शब्दको प्रयोग गरेका थिए । १० वर्षे सशस्त्र द्वन्द्वलाई हिंसा भनेपछि संसदमै एमाले र माओवादी केन्द्रका सांसदबीच जुहारी चलेको थियो ।
उनले भने, ‘मैले कुनै दोष दिएको होइन । अध्ययनले भन्छ कि यदी यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुन्थ्यो । किनभने माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशनहरू पड्कायो । त्यहाँ विद्युत् उत्पादन गर्न खोलामा गएका व्यवसायीहरूलाई चन्दा उठायो, भगायो, असुरक्षाको कारणले लगानी भएन ।’
‘अध्ययनले के भन्छ भने यदी माओवादीको १० वर्षको त्यो हिंसा नभएको भए ०७५ सालमा होइन, ०६५ सालमा नेपाल लोडसेडिङ मुक्त हुने थियो,’ उनले भने । एमाले सांसद योगेश भट्टराईको यो अभिव्यक्तिको प्रतिवाद गर्दै माओवादी केन्द्रका सांसद एवं प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएका थिए ।
माओवादी केन्द्रका सांसदहरूले संसद् बैठक कक्षमै उठेर विरोध जनाए । त्यसपछि माओवादी सांसदहरूले लगातार विरोध जनाइरहेपछि सभामुख घिमिरेले देवेन्द्र पौडेललाई बोल्न दिएका थिए । उनले संविधानले कुनै पनि आन्दोलनलाई हिंसा नभनेको बताउँदै सत्तापक्षमा बसेर त्यस्तो शब्द प्रयोग नगर्न खबरदारी गरे ।
उनले भने, ‘तपाईंलाई यस प्रकारको शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक अधिकार दिँदैन अहिलेको संविधानले ।’ त्यसपछि हिंसा शब्द आगोझैँ फैलियो । माओवादी घटकहरूले समेत भट्टराईले हिंसा शब्दको अभिव्यक्ति दिनु उचित नभएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाए ।
१० वर्षे शसस्त्र संघर्ष एवं जनयुद्धलाई हिंसाको संज्ञा दिने योगेश भट्टराईलाई ताप्लेजुङ प्रवेशमा रोक लगाइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल नेकपा ९एमाले० सांसद भट्टराईले जनयुद्धलाई हिंसाको संज्ञा दिएपछि ताप्लेजुङ प्रवेशमा रोक लगाइएको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ९माओवादी०का महासचिव गौरवद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

‘नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि भनेर गरेको टिप्पणी नेपालको संविधानविपरीत मात्रै होइन, माओवादी आन्दोलन त्यसबाट प्राप्त उपलब्धि र जनयुद्धप्रति नै गरिएको घोर अपमानपूर्ण र अत्यन्तै गैरराजनीतिक खेदपुर्ण र तुच्छ टिप्पणीप्रति हाम्रो पार्टी नेकपा–माओवादी घोर आपत्ति प्रकट गर्दछ । जनयुद्धलाई हिंसाको टिप्पणी गर्ने भट्टराईले सार्वजनिक रूपमा माफी नमागे नमागे माओवादीले जहाँ जुनसुकै अवस्थामा पनि जनकाबारही गर्ने चेतावनी दिएको छ,’ वैद्य नेतृत्वको नेकपा–माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने कुरा यसै प्रेस विज्ञप्तिमार्फत चेतावनी स्वरुप जानकारी गराउन चहान्छौ साथै स्मरणरहोस् सत्ताको मातमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्दै हिँड्ने जो कोहीलाई पनि हाम्रो पार्टी नेकपा–माओवादीले नछाडने र कडा जनकारबाही गर्ने पनि यस विज्ञप्तिमार्फत कडा चेतावनी दिन चाहान्छौँ ।’
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले विज्ञप्ति नै जारी गरेर भट्टराईलाई कडा चेतावनी दिएको छ । भट्टराईको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, देवेन्द्र पौडेल, माधव सापकोटा लगायतले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।
तर, आज (बुधबार) बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले भट्टराईको अभिव्यक्ति संसदीय भएको भन्दै हिंसा शब्द संसद्को रेकर्डबाट हटाउन मानेनन् । त्यसपछि पुनः एमाले र माओवादीका सांसदहरूबीच जुहारी चलेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij