२०८२ माघ १० गते शनिवार
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
आज (बुधबार) बस्ने उक्त सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्ले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९–०८०’ पेश गर्नेछन् ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८०, ‘विधायन सम्बन्धी विधेयक २०८१ लाई पारित गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे बस्नेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij