Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

संविधान संशोधन बहस सतहमा 

सत्तापक्ष कांग्रेस–एमालेको लाइनमा प्रतिपक्षी माओवादी : संविधान संशोधनमा देउवा, ओली र प्रचण्ड एकमत

सत्तापक्ष कांग्रेस–एमालेको लाइनमा प्रतिपक्षी माओवादी : संविधान संशोधनमा देउवा, ओली र प्रचण्ड एकमत


  • 3.9K
    Shares

    सत्तापक्ष कांग्रेस–एमालेको लाइनमा प्रतिपक्षी माओवादी : संविधान संशोधनमा देउवा, ओली र प्रचण्ड एकमत

    विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन् । 

    आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले संविधान संशोधनका नाममा जनताका हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने बताए ।

    उत्पीडित वर्ग र समुदायको उत्थानका निम्ति ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने उनले उल्लेख गरे । माओवादीले सुरु गरेको ‘जनयुद्ध’बाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको उनले बताए ।

    भ्रष्टाचारी एवं बिचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उनको भनाइ थियो । ‘माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रूपमा पार्टीको संगठन विस्तार, सुदृढीकरण र पुनर्निर्माणमा पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।’

    बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई नरहेको उनले स्पष्ट पारे । उनले मुलुक र जनताविरोधी काम नगर्न सरकारलाई खबरदारी गरे । –रासस 

    प्रकाशित मिति :भाद्र २३ २०८१ आइतवार - ११:४५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij