२०८२ माघ १० गते शनिवार
काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संसदमै अनशन बस्ने चेतावनी दिएका छन् । उनले आज (आइतबार) बिहान सामाजिक सञ्जालमा सरकारले आफ्ना माग पूरा नगरे अनशन बस्ने चेतावनी दिएका हुन् ।
कार्कीले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयं सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण हुनुपर्ने अडान पुनः राखेका छन् ।
‘जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य गरिरहेका छन् । म मेरो अडानमा प्रतिबद्ध छु । मैले संसदमा अनसन बस्छु भनेको कुराबाट पछि हटेको छुइन र हट्दिन पनि,’ कार्कीले भनेका छन्, ‘जनताको मतको ऋण तिर्न म मृत्युमा जान पनि तयार छु । र कात्रो लिएर बस्छु । बस आज आधिकारिक रूपमा नसुन्ने मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउँदै छु ।’
सअघि केदार कार्कीले संसदमा बोल्दै केन्द्र सरकार र प्रदेश सरकार विकास निर्माणमा बेखबर बनेको आरोप लगाएका थिए भने अनशनको घोषणासमेत गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij