Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्वास्थ्य

१ महिना नपुग्दै २ हजार ९७६ डेंगु संक्रमित, ३ जनाको मृत्यु (विवरणसहित)

१ महिना नपुग्दै २ हजार ९७६ डेंगु संक्रमित, ३ जनाको मृत्यु (विवरणसहित)


  • 2.4K
    Shares

    • images
    १ महिना नपुग्दै २ हजार ९७६ डेंगु संक्रमित, ३ जनाको मृत्यु (विवरणसहित)
    images

    काठमाडौं । पछिल्ला २७ दिनमा देशभर दुई हजार ९७६ जना डेंगु संक्रमित थपिएका छन् । १ देखि २७ अगष्टसम्म सो संख्यामा संक्रमित भएका हुन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

    योसँगै देशभर डेंगी संक्रमितको संख्या पाँच हजार ५८९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  

    गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ४४० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ ।  

    यस्तै, कास्कीमा ५३६, चितवनमा ४६८, काठमाडौंमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६० र मकवनापुरमा १११ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

    यो वर्ष डेंगु ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगु देखिएको ईडीसीडीले जनाएको छ । 
     

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १६:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij