Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको उद्घाटन गर्दै

राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको उद्घाटन गर्दै


  • 7.0K
    Shares

    राष्ट्रपति भण्डारीले आज मेलम्ची खानेपानीको उद्घाटन गर्दै

    काठमाडौं  । मेलम्ची परियोजनामार्फत काठमाडौं उपत्यकामा आइपुगेको सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी वितरणको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । 

    राष्ट्रपति भण्डारीले आज दिउँसो मेलम्चीको पानी वितरणको सुरुवात गर्ने आयोजनाले जनाएको छ । दिउँसो २ बजे भण्डारीले भृकुटीमण्डपमा रहेको धारा खोलेर वितरणको औपचारिक सुरुवात गर्नेछिन् । 

    मेलम्ची परियोजनामार्फत काठमाडौंमा आइपुगेको मेलम्ची खोलाको पानी काठमाडौंमा वितरण सुरुवात गर्ने औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने आयोजनाले जनाएको छ । 

    अहिले मेलम्चीको पानी काठमाडौं उपत्यकाका महाँकाल, मिनभवन र खुमलटारको पाटी ट्याङ्कमार्फत वितरण भइरहेका छन् । बालाजुको पोखरीमार्फत पनि वितरण सुरुवात भएको आयोजनाले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १०:१८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij