Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

समाचार

अपडेट – डेंगु संक्रमणबाट थप पाँच वर्षिय एक बालकको मृत्यु, ५ हजारभन्दा बढी संक्रमित

अपडेट – डेंगु संक्रमणबाट थप पाँच वर्षिय एक बालकको मृत्यु, ५ हजारभन्दा बढी संक्रमित


  • 2.2K
    Shares

    • images
    अपडेट – डेंगु संक्रमणबाट थप पाँच वर्षिय एक बालकको मृत्यु, ५ हजारभन्दा बढी संक्रमित
    images

    काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लोपटक १२ अगष्टमा एक पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

    ती बालकको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईडीसीडीले जनाएको छ ।

    यसअघि तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिलाको मृत्यु भएको थियो । ईडीसीडीका अुनसार जनवरीयता २३ अगष्टसम्म देशभर पाँच हजार ११९ जना संक्रमित भएका छन् ।  

    गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार १८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ ।  

    यस्तै, चितवनमा ४६८, काठमाडौंमा ४२१, कास्कीमा ४०८, पर्वतमा २७२, गोरखामा १७७, झापामा १५५ र मकवानपुरमा १०४ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।

    यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - १३:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij