Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साउनमा व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो, कतिको भयो आयात–निर्यात ?

साउनमा व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो, कतिको भयो आयात–निर्यात ?


  • 1.9K
    Shares

    साउनमा व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो, कतिको भयो आयात–निर्यात ?

    काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा  मुलुकको व्यापार घाटा सवा १ खर्ब १६ अर्बभन्दा बढी देखिएको छ । 

    भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ । 

    समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । 

    अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको थियो । तुलनात्मक रूपमा आयात र निर्यात दुवै घट्दा यता व्यापार घाटामा पनि केही कम देखिएको हो । 

    भन्सार विभागका अनुसार यस महिनाको आयात र निर्यातको अनुपात (इम्पोर्ट/एक्सपोर्ट रेसियो) १०.५० प्रतिशत देखिएको छ । अर्थात् एक सय रुपैयाँ बराबरको वस्तु आयात हुँदै गर्दा नेपालले जम्मा १०.५० रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ । 

    कूल आयात निर्यातमा ९१.३० प्रतिशत हिस्सा आयात रहेको छ भने निर्याततर्फको हिस्सा जम्मा ८.७० प्रतिशत मात्र रहेको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - ०६:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij