Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महामारी 

डेंगु संक्रमण ७४ जिल्लामा फैलियो : हालसम्म ३७५० संक्रमित, २ जनाको मृत्यु

डेंगु संक्रमण ७४ जिल्लामा फैलियो : हालसम्म ३७५० संक्रमित, २ जनाको मृत्यु


  • 1.9K
    Shares

    • images
    डेंगु संक्रमण ७४ जिल्लामा फैलियो : हालसम्म ३७५० संक्रमित, २ जनाको मृत्यु
    images

    काठमाडौं । सन् २०२४ जनवरीयता डेंगी संक्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार १६ अगष्टसम्म तीन हजार ७५५ जना संक्रमित भएका छन् भने दुईजनाको मृत्यु भएको छ । 

    गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ४४८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७१५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    यस्तै, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५ र पर्वतमा १३६ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

    मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - ११:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij