Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चीनबाट आएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने

चीनबाट आएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने


  • 10.8K
    Shares

    • images
    चीनबाट आएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने
    images

    काठमाडौं । चीन सरकारबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाधारको हिसाबले देशका विभिन्न अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई यो खोप दिने तयारी गरेको हो ।

    खोप दिने मिति सुनिश्चित भइनसकेको भएपनि अस्पतालको व्यवस्थापन टुंगो लागेसँगै चाँडै नै खोप दिइने मन्त्रालयको भनाई छ ।चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो ।

    उक्त खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १०:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij