Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकले भदौ १७ गते बोलायो विशेष साधारण सभा, के–के छन् प्रस्ताव ? 

नबिल बैंकले भदौ १७ गते बोलायो विशेष साधारण सभा, के–के छन् प्रस्ताव ? 


  • 2.2K
    Shares

    नबिल बैंकले भदौ १७ गते बोलायो विशेष साधारण सभा, के–के छन् प्रस्ताव ? 

    काठमाडौँ । नबिल बैंक लिमिटेडले आगामी भदौ १७ गते विशेष साधारण सभा गर्ने निर्णय वरेको छ । गत आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्राधिकार शेयर जारी गर्ने प्रस्तावमाथि छलफल गर्न विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

    कम्पनीको गत चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने गरी ५ अर्ब बराबरको ५ करोड इकाई अग्राधिकार शेयर विक्री गर्ने निर्णय गरेको थियो । बैंकले शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तवरबाट विक्री गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई विशेष साधारण सभाबाट पारित गर्न लागेको हो । 

    नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायबाट स्वीकृति लिई ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । 

    कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्नुका साथै सोहीबमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - ०९:०३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij