Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज


  • 6.0K
    Shares

    उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

    काठमाडौँ । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो । 

    विसं २०६३ मा बन्द रहेको ट्राफिक बत्ती ११ वर्षपछि २०७४ सालबाट सञ्चालनमा आएको थियो । उक्त वर्षको चैत १३ गते नयाँ बानेश्वर चोक र महाराजगञ्ज चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यस्तै २०७१ सालमा काठमाडौँमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा ट्राफिक बत्ती जडान भए पनि सोही बत्ती राम्रोसँग सञ्चालन हुन सकेको थिएन । 

    काठमाडौँ उपत्यकामा जडान भएका ट्राफिक बत्तीमध्ये २० सडक विभाग, चार ललितपुर महानगरपालिका, दुई काठमाडौँ महानगरपालिका, दुई माछापुच्छ«े बैंक, एक सनराइज, एक प्राइम र एउटा त्रिपुरेश्वर रोटरी क्लबको सहकार्यमा जडान गरिएको हो जसमध्ये अल्का अस्पताल अगाडि, महापाल चोक, हरिहरभवन र पुल्चोक ललितपुर महानगरपालिका, ल्होत्से चोक र भाटभटेनी चोकको काठमाडौँ महानगरपालिका, लैनचौर र एकेडेमी मोडको माछापुच्छ«े बैंक, गैह्रीधारा चोकको सनराइज बैंक, कृष्ण पाउरोटी चोकको प्राइम बैंक र त्रिपुरेश्वर चोकको त्रिपुरेश्वर रोटरी क्लबले जडानमा सहकार्य गरेका हुन् ।

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई ट्राफिक बत्तीको जडानसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “प्रविधिमैत्री बत्तीको प्रयोगसँगै ट्राफिक जनशक्ति कम देखिदा ट्राफिकको काम समेत सहज हुनेछ”, उहाँ भन्नुहुन्छ । 

    नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । २०३७ सालमा जाइकाको सहयोगमा उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता  पाए पनि पछि बत्ती बिग्रेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला ट्राफिक बत्ती जडानसँगै चालकमा सडक अनुशासन कायम हुने बताउनुहुन्छ । “सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अति आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

    महाशाखाले केही समयपहिले गरेको अध्ययनमा काठमाडौँ उपत्यकाभित्र हुने ट्राफिक जाम न्यूनीकरणका लागि १३९ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने देखिन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । रासस

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १३:४९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij