२०८२ माघ ७ गते बुधवार
सुमन ढकाल। हरितालिका तिज नजिकिदै गर्दा तिजको रौनक "काली पसम कि" गीतले दिलाइरहेको छ। छोटो समयमै गीतले चर्चा फैलाइदिएको छ। २४ घन्टा नहुदै गीत युटुव ट्रेन्डिंडमा प्रवेश संगै युटुव टिकटक तिर तहल्का मच्चाउन सुरु गरेको हो। गायक प्रेम सापकोटा सोनुको लय र शब्द रहेको गीतलाइ गायिका शान्ति श्रि परियारले आवाज दिएकी छन्। गीतमा अब्बल शब्द कोरिएका छन्।
तिज आउदै गर्दा विष्णु माझीको रौनक छाउने ठाउमा "काली तरमकी ले" छिटै बजार तताइदिएको आभास दर्शक श्रोताले गरिरहेका छन्। गीतको संगीत संयोजन विनोद बाजुरालीको रहेको छ। भिडियोमा स्मारिका ढकालको मनमोहक अभिनय छ भने जेरी भण्डारीको कथा/निर्देशन भिडियोमा प्रस्तुत छ। अहिले पनि गीतले नम्बर १ ट्रेडिडंमा रहिरहेको छ।
पुरा भिडियोः
https://youtu.be/l90nXSvbIT0?si=3Q7LJYH93HtlRgns
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij