Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काभा महिला भलिबल

काभा नेसन्स लिग: आज नेपाल इरानसँग भिड्दै

काभा नेसन्स लिग: आज नेपाल इरानसँग भिड्दै


  • 3.3K
    Shares

    काभा नेसन्स लिग: आज नेपाल  इरानसँग भिड्दै

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज (आइतबार) नेपाल र इरान भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। 

    लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ। शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ। 

    उता इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ। 

    लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

    २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ। नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो। दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो। 

    इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो। 

    आजै हुने आइतबारको पहिलो खेलमा श्रीलंका र मालदिभ्स खेल्नेछन्। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। मालदिभ्स र श्रीलंका पहिलो जितको खोजीमा छन्।

    प्रकाशित मिति :श्रावण २० २०८१ आइतवार - ०९:४८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij