Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ


  • 8.5K
    Shares

    १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ

    स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चार जना पुरुषहरुले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई करणी सम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।

    पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको प्रहरीले बताएको छ । प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई उनीहरुलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १०:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij