Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन ४ गतेदेखि बिक्रीमा, कति कित्तासम्म दिन सकिन्छ आवेदन ? 

सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन ४ गतेदेखि बिक्रीमा, कति कित्तासम्म दिन सकिन्छ आवेदन ? 


  • 2.3K
    Shares

    • images
    सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन ४ गतेदेखि बिक्रीमा, कति कित्तासम्म दिन सकिन्छ आवेदन ? 
    images

    काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आगामी साउन ४ गतेदेखि एफपीओ बिक्री गर्ने भएको छ। 

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री गर्न लागेको हो।

    कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुरयाउने उद्धेष्यले एफपीओ निष्कासन गर्न लागेको हो ।  

    नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधान छ ।

    धितोपत्र निष्कासन छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ । कम्पनीको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको एफपीओलाई  क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले  ‘केयर एनपी बीबी (आइएस)बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ।

    साविकको सूर्योदय र वोमी लघुवित्त मर्जर भएर बनेको यो कम्पनीको चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ छ ।

    वोमी लघुवित्त र सूर्योदय लघुवित्तले मर्जरपछि कम्पनीले २०७८ चैत १९ गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु गरेका थिए।

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - ०८:०१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij