Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कुन जिल्लामा थपिए कति कोरोना संक्रमित ? (विवरणसहित)

कुन जिल्लामा थपिए कति कोरोना संक्रमित ? (विवरणसहित)


  • 6.8K
    Shares

    कुन जिल्लामा थपिए कति  कोरोना संक्रमित ? (विवरणसहित)

    काठमाडौं । नेपालमा गत २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा  प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १ सय ९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी,  प्रदेश २ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोनाको संक्रमण भएको छ ।

    यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १७:०३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij