Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुग्यो

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुग्यो


  • 6.9K
    Shares

    • images
    चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुग्यो
    images

    काठमाडौं । चीन सरकारले अनुदानमा प्रदान गरेको कोभिड–१९ विरुद्धको आठ लाख डोज खोप नेपाल ल्याइएको छ ।

    सरकारले नेपाल एयरलाइन्सको चार्टर्ड जहाजमार्फत खोप ल्याएको हो । चीनले गत फागुन १७ मा नेपाललाई अनुदानस्वरूप आठ लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।  

    चीन सरकारले उपलब्ध गराएको खोप कहिलेदेखि र कसलाई दिने भन्ने अहिले नै यकिन भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । 

    यसअघि भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ ।   

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १०:४६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij