Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यी हुन् पुरुषको प्रजनन क्षमता बढाउने खानेकुरा

यी हुन् पुरुषको प्रजनन क्षमता बढाउने खानेकुरा


  • 7.6K
    Shares

    • images
    यी हुन् पुरुषको प्रजनन क्षमता बढाउने खानेकुरा
    images

    केही खानेकुराले विशेषरुपमा पुरुषको प्रजनन क्षमता बढाउनमा महत्वपूर्ण योगदान दिइरहेका हुन्छन ।

    आज हामीले ती खानेकुराको बारमेमा उल्लेख गरेका छौं, जसले पुरुषहरुको यौन तथा प्रजनन क्षमता बढाउन मद्दत गर्छन् ।

    स्याउः स्याउको सेवनले पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ । काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ ।

    लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजनन क्षमता बढाउन धेरै मद्दत गर्छ ।

    केराः केरामा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।

    पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।

    खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।

    गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।

    तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ ।

    भिटामिन ‘सी’ युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।

    अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता वृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि वृद्धि गर्छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७७ आइतवार - २०:२२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij