Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शाकाहारीहरूलाई हुन सक्छ प्रोटीनको कमी, खानुुस् यस्ता खानेकुरा

शाकाहारीहरूलाई हुन सक्छ प्रोटीनको कमी, खानुुस् यस्ता खानेकुरा


  • 7.1K
    Shares

    • images
    शाकाहारीहरूलाई हुन सक्छ प्रोटीनको कमी, खानुुस् यस्ता खानेकुरा
    images

    प्रोटीन शरीरका सबै कोशिकाहरूमा भेटिन्छ । यसले कोशिका र मांसपेशी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । 

    यसले नै छाला, कपाल र हाडहरूलाई बलियो बनाउन मद्दत गर्छ । शरीरमा जाने दैनिक क्यालोरीको लगभग ३५ प्रतिशत भाग प्रोटीनबाटै प्राप्त हुन्छ ।

    एक व्यक्तिले आफ्नो शरीरको तौलको हिसाबमा ०.८ ग्राम प्रोटीन लिनुपर्ने हुन्छ । 

    मासुबाहेक प्रोटीनका स्रोतका जानकारी यहाँ दिइन्छ ।

    दाल

    नेपालमा सबैले दाल खान्छन् । यसमा भएको प्रोटीन र पोषक तत्त्व शरीरका लागि लाभदायक हुन्छ । एक कप दालमा १७.८६ ग्राम प्रोटीन हुन्छ । दिनदिनै दाल पिउने गर्नुस् । 

    काबुली चना
    छोला पनि भनिने काबुली चना पनि दालकै एक प्रकार हो । यसको सूप वा तरकारी बनाएर खान सक्नुहुन्छ । भुटेर पनि यसलाई खान सक्नुहुन्छ । एक कप छोलामा १४.५३ ग्राम प्रोटीन हुन्छ । 
     

    मुँगको दाल
    मुँगमा प्रोटीन, आइरन, फाइबर र अनेक किसिमका पोषक तत्त्व हुन्छन् । एक कप मुँगको दालमा १४.१८ ग्राम प्रोटीन हुन्छ । 

    सिमी
    सिमीमा पोटेसियम, फाइबर र आइरन हुन्छ । यसको तरकारी बनाएर खाँदा मीठो हुन्छ । एक कप सिमीमा ११.५८ ग्राम प्रोटीन हुन्छ । 
     

    मटर
    हरियो मटर सबैलाई मन पर्ने खानेकुरा हो । यसमा प्रोटीन तथा अन्य पोषक पदार्थहरू पाइन्छन् । यसको तरकारी वा सूप बनाएर खदान सकिन्छ । एक कप हरियो मटरमा ८.५८ ग्राम प्रोटीन हुन्छ । 

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - २०:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij