Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्वास्थ्य

अपडेट – ७२ जिल्लामा डेंगु संक्रमण फैलियो : १२ सयभन्दा बढी संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा

अपडेट – ७२ जिल्लामा डेंगु संक्रमण फैलियो : १२ सयभन्दा बढी संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा


  • 3.6K
    Shares

    • images
    अपडेट – ७२ जिल्लामा डेंगु संक्रमण फैलियो : १२ सयभन्दा बढी संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा
    images

    काठमाडौं । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगी संक्रमण देखिएको छ ।

    ७२ जिल्लामा डेंगी फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

    ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा (१ देखि १८ जुनसम्म) देशभर १५९ जना डेंगी संक्रमित थपिएका छन् । यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ ।

    जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि  भएको ईडीसीडीले जनाएको छ । 

    यस्तै, झापामा ११२ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ ।

    यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - ११:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij