Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ


  • 1.9K
    Shares

    भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ

    काठमाण्डौं । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ ।

    बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले उज्यालोलाई बताए । पछिल्ला केही दिनमा विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला रहेको उनले जानकारी दिए । भिजिट भिसाको नाममा मानव तस्करी हुन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको तर आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई नरोकिएको उनको भनाइ छ ।

    सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा त्यो नभएमा कम्तीमा पाँच सय डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा विदेश जान पाइने व्यवस्था छ ।

    यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर यो मापदण्डलाई पनि कतिपयले दुरुपयोग गरेकाले कडाइ गरेको अध्यागमनले जनाएको छ । भिजिट भिसाका विषयमा अब नयाँ कार्यविधि ल्याउन लागिएको पनि विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - ११:५१:५४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij