Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीले माग्यो १ सयभन्दा बढी नेपाली कामदार, तलब कति ?

साउदीले माग्यो १ सयभन्दा बढी नेपाली कामदार, तलब कति ?


  • 10.4K
    Shares

    साउदीले माग्यो १ सयभन्दा बढी नेपाली कामदार, तलब कति ?

    साउदीको दुई कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।

    साउदीको के एस ए सहरमा रहेको साउदी इनभाइरोन्मेन्ट प्रिभेन्सन कम्पनीमा १०० जना र रियाध सहरमा रहेको साको प्लाम कम्पनीमा ११ जना गरी जम्मा १११ नेपाली पुरुष कामदारको माग गरेको हो । 

    कम्पनीले नर्मल फेक्टर र जनरल लेवरका लागि नेपाली कामदारको माग गरिएको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३०  हजार माथि देखि ३३ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    जान चाहने इच्छुक कामदारले गौरी शंकर ओभरसिज प्रालिको कार्यालय चण्डोला ४ काठमाडौंमा चैत्र १५ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

    त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १३:०५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij