Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

युरोप जाने सोचमा हुनुहुन्छ ? बढ्दैछ सेन्जेन भिसाको शुल्क

युरोप जाने सोचमा हुनुहुन्छ ? बढ्दैछ सेन्जेन भिसाको शुल्क


  • 2.6K
    Shares

    युरोप जाने सोचमा हुनुहुन्छ ? बढ्दैछ सेन्जेन भिसाको शुल्क

    पोर्चुगल । तपाईं युरोप जाने सोचाइ बनाइराख्नु भएको त छैन ? यदि छ भने यो कुरा पनि विचार गर्नुहोस् है ! युरोपियन आयोगले यही जुन महिनादेखि आफ्नो भिसा शुल्क बढाएको छ ।

    आयोगले सदस्य राष्ट्रहरूमा मुद्रास्फीतिमा भएको मूल्यवृद्धिको आधारमा भिसा शुल्क बढाएको छ । जसअनुसार शुल्क १२ प्रतिशतले बढाएको छ ।

    सेन्जेन भिसाको आधारभूत शुल्क वयस्कहरूको लागि ८० देखि ९० युरो (करिब ११ हजार ५०० रुपैयाँ) र बच्चाहरूको लागि ४० देखि ४५ युरो (करिब ६ हजार रुपैयाँ) सम्म बढाइएको छ । आयोगले अन्य देशको भिसा लागतको तुलनामा सापेक्ष रूपमा कम भएको जनाएको छ ।

    बेलायतमा १३५, संयुक्त राज्य अमेरिकामा १८५ र अष्ट्रेलियामा ११७ युरो लिने गरेको उदाहरण पनि आयोगले प्रस्तुत गरेको छ । सेन्जेन भिसाको नयाँ शुल्क यस वर्षको जुन ११ देखि लागू हुनेछ ।

    किन बढ्दैछ सेन्जेन भिसा शुल्क ?

    प्रत्येक तीन वर्षमा आयोगले यी शुल्कहरूको मूल्याङ्कन गर्छ र तिनीहरूलाई ‘उद्देश्य मापदण्ड’को सूचीको आधारमा बढाउनसक्छ । यसमा मुद्रास्फीति दर र सदस्य राष्ट्रहरूमा निजामती कर्मचारीको औसत तलब समावेश छ ।

    यसले डिसेम्बरमा भएको बैठक पछि फेब्रुअरी २ मा मूल्यवृद्धि प्रस्ताव गरेको थियो, जसलाई सदस्य राष्ट्रहरूले अत्यधिक बहुमतसाथ समर्थन गरेका थिए । आयोगले सेन्जेन भिसाका बाह्य प्रदायकहरूलाई पनि संशोधनको आधारमा शुल्क वृद्धि गर्न दिने प्रस्ताव गरेको छ ।

    सदस्य राष्ट्रहरूको तर्फबाट सेन्जेन भिसा आवेदनहरू संकलन गर्ने भिसा एजेन्सीहरू जस्ता बाह्य प्रदायकहरूले लिन सक्ने अधिकतम रकम सामान्यतया मानक शुल्कको आधा हुन्छ । यसलाई ४० देखि ४५ युरो (करिब ६ हजार रुपैयाँ) सम्म बढाउने प्रस्ताव गरिएको छ । सेन्जेन भिसा विस्तारको शुल्कमा भने कुनै परिवर्तन नगरी ३० युरो (करिब चार हजार ३०० रुपैयाँ) नै कायम गरिएको छ ।

    प्रकाशित मिति :जेठ २६ २०८१ शनिवार - १२:२२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij