Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुदाँ ११ जनाको मृत्यु

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुदाँ ११ जनाको मृत्यु


  • 1.4K
    Shares

    पाकिस्तानको कोइला खानीमा दुर्घटना हुदाँ ११ जनाको मृत्यु
    images

    काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।  

    खानीमा ग्याँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए । उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए ।
    निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ ।

    मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो ।

    बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन् ।

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १४:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij