Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

सरकारी भवनको १०औँ तलाबाट हामफालिन् २७ वर्षीया युवती

सरकारी भवनको १०औँ तलाबाट हामफालिन् २७ वर्षीया युवती


  • 2.9K
    Shares

    सरकारी भवनको १०औँ तलाबाट हामफालिन् २७ वर्षीया युवती
    images

    मुम्बईमा एक आईएएस दम्पतीकी २७ वर्षीया छोरीले सोमबार आत्महत्या गरेकी छन्। 

    महाराष्ट्र क्याडर आईएएस अधिकारी विकास रस्तोगी र राधिका रस्तोगीकी छोरी लिपी रस्तोगीले आत्महत्या गरेकी हुन्। 

    विकास रस्तोगी शिक्षा विभागका सचिव हुन् भने राधिका रस्तोगी मुद्रा विभागकी सचिव। लिपीले सोमबार बिहान ४ बजे नरिमन पोइन्टस्थित सरकारी निवासको १०औँ तलाबाट हाम फालेको प्रहरीले जनाएको छ। उनलाई तत्काल जीटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

    प्रहरीले लिपी डिप्रेसनमा रहेको दाबी गरेको छ। उनी हरियाणाको सोनीपतमा एलएलबी पढ्दै थिइन् र आफ्नो पढाइप्रति तनावमा थिइन्। प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ, जसमा उनले आफ्नो मृत्युका लागि कसैलाई दोष नदिन भनेकी छन्।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १८:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij