Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाह्य शक्तिले ओलीलाई दलाल बनाएको भन्दै प्रचण्डले अदालत तर्फ सोझ्याएर खोले यस्तो फायर 

बाह्य शक्तिले ओलीलाई दलाल बनाएको भन्दै प्रचण्डले अदालत तर्फ सोझ्याएर खोले यस्तो फायर 


  • 7.4K
    Shares

    बाह्य शक्तिले ओलीलाई दलाल बनाएको भन्दै प्रचण्डले अदालत तर्फ सोझ्याएर खोले यस्तो फायर 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको अर्को अध्यक्षलाई दलाल बनाएर वामपन्थी एकतालाई क्षतविक्षत बनाउने काम गरिएको बताएका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने शक्तिले वामपन्थी एकतालाई समाप्त पार्न खोजेको उनको आरोप छ । अदालतको पछिल्लो फैसला अस्वभाविक ढंगले आएको र यसप्रति आफूहरू गम्भीर रहेको उनले बताए ।

    नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले धुलिखेलमा बुधबार आयोजना गरेको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदमात्र भंग नभएर संविधानलाई कागजको खोस्टो बनाउने प्रयास पनि भएको बताए ।

    संसद पुनःस्थापना भइसकेपनि खतराको बादल अझै मडारिइरहेको बताउँदै उनले व्यवस्था जोगाउन सम्पूर्ण नेपाली एकजुट हुनुको विकल्प नरहेको बताए । प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आफू दलहरूसँग निरन्तर संवादमा रहेको बताउँदै प्रचण्डले भने, ‘बाहिरबाट चलखेल भइरहेको छ। नेपालीलाई निरीह ठानिँदै छ। हामी निरीह नै भएका हौं तरु हामी आफ्नो निर्णय आफैं गर्न सक्षम छैनौं ररु, अहिले चिन्ताको विषय बनेको छ ।’

    संघीय लोकतान्त्रिक गणतन्त्र एकथरी मानिसलाई पटक्कै मन नपरेको प्रचण्डले बताए । संविधान बनाएपनि उल्टाउने षडयन्त्रको तानाबाना बुन्नेहरू सुरूदेखि नै सक्रिय रहेको उनको भनाइ छ ।

    बदलिएको परिस्थितिमा पार्टी संगठन कसरी बनाउने यसबारे चिन्तन भइरहेको उनले बताए। समाजवाद उन्मुख राज्य बनाउन निजी क्षेत्रलाई भूमिका दिनुपर्ने बताउँदै प्रचण्डले निजी पूँजीपतिलाई राज्यले ठग्ने समूहको रुपमा देखेको बताउँदै राज्यको चरित्रका कारण व्यवसायीहरू हतास मनस्थितिमा पुगेको जिकिर गरे ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij