Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

रुस–युक्रेन युद्धमा मारिएका तीन नेपालीको अस्तु ल्याइँदै

रुस–युक्रेन युद्धमा मारिएका तीन नेपालीको अस्तु ल्याइँदै


  • 2.1K
    Shares

    रुस–युक्रेन युद्धमा मारिएका तीन नेपालीको अस्तु  ल्याइँदै
    images

    काठमाडौं । रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल पठाउने भएको छ ।

    रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो । परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएकामा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्याल छन् । 

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनजनाको अस्तु अहिले मस्कोस्थित नेपाली दूतावासमा राखिएको छ । “दूतावासले छिट्टै प्रक्रिया पूरा गरेर तीनजनाको अस्तु काठमाडौं पठाउँदै छ,” स्रोतले बतायो । 

    यस्तै, रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएकामध्ये ६ जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ ।

    मृतकको क्षतिपूर्तिका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत कागजात रुस पठाइएको छ । 

     

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - १४:५८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij