Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सिटिजन्स बैंक र अनमोल डेन्टल हबबीच समझदारी

सिटिजन्स बैंक र अनमोल डेन्टल हबबीच समझदारी


  • 2.2K
    Shares

    सिटिजन्स बैंक र अनमोल डेन्टल हबबीच समझदारी
    images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको भरतपुरस्थित अनमोल डेन्टल हबबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकहरूलाई अनमोल डेन्टलका सेवाहरूमा छुट हुनेछ ।

    समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सो डेन्टल हबका सेवाहरूमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

    प्रकाशित मिति :जेठ १७ २०८१ बिहिवार - १२:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij