Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

यौन उत्पीडनको आरोपमा भारतीय खेलाडी पक्राउ

यौन उत्पीडनको आरोपमा भारतीय खेलाडी पक्राउ


  • 3.2K
    Shares

    यौन उत्पीडनको आरोपमा भारतीय खेलाडी पक्राउ
    images

    काठमाडौं। भारतका अन्तर्राष्ट्रिय टेनिस खेलाडी माधविन कामत पक्राउ परेका छन् । उनलाई यौन उत्पीडनको आरोपमा भारतको साइबर क्राइम प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।

    माधविनलाई अहमदाबादबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । २१ वर्षीया युवतीले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएपछि उनी पक्राउ परेका हुन् ।

    समाचारमा जनाइए अनुसार, माधविनले यौनकर्मी भएको उल्लेख गर्दै ती युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । माधविनले आफ्नो पोष्टमा ती युवतीको टेलिफोन नम्बर पनि राखेका थिए ।

    ती युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले उनलाई टेलिफोन गरेका थिए । सहरको विभिन्न स्थानमा आफ्नो तस्बिरसहित पोष्टरसमेत टाँसिएको आरोप पनि ती युवतीले लगाएकी छन् ।

    ती युवती उजुरी लिएर प्रहरी समक्ष पुगेपछि यसको अनुशन्धान सुरु भएको थियो । अनुशन्धानका क्रममा प्रहरीले यो घटनामा टेनिस खेलाडी माधविनको संलग्नता रहेको पत्ता लगाएको थियो ।

    त्यतिबेला माधविन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न फ्रान्स पुगेका थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि माधविनले आफूलाई धरौटीमा रिहा गर्न अदालत समक्ष निवेदन दिएका थिए ।

    तर, अदालतले उनको निवेदन अस्वीवकार गरेको छ । माधविन र ती युवतीबिच पहिलेदेखि नै चिनजान रहेको पनि प्रहरी अनुशन्धानबाट खुलेको छ । एजेन्सी

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - १४:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij