Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

संयुक्त राष्ट्रसङ्घद्वारा सोमालियामा हैजा उपचारका लागि २० लाख अमेरिकी डलर प्रदान

संयुक्त राष्ट्रसङ्घद्वारा सोमालियामा हैजा उपचारका लागि २० लाख अमेरिकी डलर प्रदान


  • 2.0K
    Shares

    संयुक्त राष्ट्रसङ्घद्वारा सोमालियामा हैजा उपचारका लागि २० लाख अमेरिकी डलर प्रदान
    images

    संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले सोमालियामा हैजाको प्रकोपको तत्काल प्रतिक्रियाका लागि केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (सीइआरएफ) बाट २० लाख अमेरिकी डलर विनियोजन गरेको राष्ट्रसङ्घले जनाएको छ ।

    विनियोजनले राष्ट्रसङ्घीय एजेन्सीहरू र उनीहरूका साझेदारहरूलाई पन्टल्याण्ड र मध्य दक्षिणी राज्यहरूमा गम्भीर स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छता प्रतिक्रियामा ६० हजार मानिसहरूलाई जीवन बचाउने सहायता प्रदान गर्न सहयोग गरिरहेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र कार्यालय (ओसिएचए) ले बताएको छ ।

    ओसिएचएले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको विज्ञप्तिमा भनेको छ, “यसले जीवन बचाउने मात्र होइन, सोमालियाका वरपरका समुदायहरूमा हैजाको थप फैलावटलाई पनि कम गर्नेछ ।”

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार जनवरीदेखि देशका सात राज्यमा १० हजारभन्दा बढी हैजाका घटना र एक सय २० जनाको मृत्यु भइसकेको छ ।

    मौसमी वर्षा र अचानक बाढीले पनि सिजन समाप्त हुने समयसम्म कम्तीमा सात लाख ७० हजार मानिसलाई असर गर्ने अनुमान गरिएको छ ।

    राष्ट्रसङ्ुघीय एजेन्सीले जलवायु आघात र अन्य कारकहरूका कारण वर्तमान र बढ्दो आवश्यकताहरू पूरा गर्न थप कोषका लागि अपील गरेको छ ।

    यसले सोमालियाका लागि मानवीय आवश्यकता र प्रतिक्रिया योजनालाई ५२ लाख मानिसहरूको आवश्यकतालाई प्रतिक्रिया दिन एक अर्ब ६० करोड डलर आवश्यक छ ।

    डब्ल्युएचओका अनुसार सोमालियामा सन् २०२२ देखि र बानादिर क्षेत्रमा निर्बाध तीव्र पानीजन्य झाडापखाला (एडब्लुडी÷हैजा) को सङ्क्रमण भएको छ ।

    सन् २०२३ मा सोमालियामा १८ हजार तीन सय चार भन्दा बढी घटना र ४६ जनाको मृत्यु रिपोर्ट गरिएको थियो । यसमा आधाभन्दा बढी पाँच वर्षमुनिका बालबालिका थिए ।

    – न्युज एजेन्सी 

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - ०६:२३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij