२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । रसियाले युक्रेनको सहर खार्किभको एक सुपरमार्केटमा बम प्रहार गर्दा १२ जना मानिस मारिनुका साथै अन्य ४३ जना घाइते भएका छन् ।
ठूलो आगोको ज्वाला स्थानीय के होम इम्प्रुभमेन्ट स्टोरबाट आइरहेको पाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाएअनुसार करिब दुई सय मानिस आक्रमणको समयमा सुपरमार्केटभित्र रहेका थिए ।
उनले यो आक्रमण रुसी पागलपनको प्रकटीकरण भएको जनाएका छन् । खार्कीभमै भएको अर्को आक्रमणमा शनिबार मात्रै आठजनाको मृत्यु भएको थियो । बीबीसी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij