Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रियसभा बैठक बस्दै, के–के छ कार्यसूची ? 

राष्ट्रियसभा बैठक बस्दै, के–के छ कार्यसूची ? 


  • 2.0K
    Shares

    राष्ट्रियसभा बैठक बस्दै, के–के छ कार्यसूची ? 

    काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको छ । 

    संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्नेछन् ।

    त्यस्तै, प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि राष्ट्रियसभा अध्यक्षले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने  कार्यसूचीमा उल्लेख छ ।

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ०६:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij