Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

हिटस्ट्रोकका कारण अस्पतालमा भर्ना भए शाहरुख खान

हिटस्ट्रोकका कारण अस्पतालमा भर्ना भए शाहरुख खान


  • 2.2K
    Shares

    हिटस्ट्रोकका कारण अस्पतालमा भर्ना भए शाहरुख खान
    images

    काठमाडौं । अस्पतालले शाहरुखलाई डिस्चार्ज गरिसकेको छ । शाहरुख खानको स्वास्थ्य सामान्य अवस्थामा फर्किरहेको र आइतबार हुन लागेको आईपीएलको फाइनल खेलमा आफ्नो टिम कोलकता नाइट राइडर्सलाई सपोर्ट गर्न उनी जाने जुहीले बताएकी छिन् ।

    मंगलबार राति बिसञ्चो महसुस हुँदा हुँदै पनि अभिनेता आफ्नो टिमलाई सर्पोर्ट गर्न गएका थिए । उनलाई बिस्तारै सन्चो भइरहेको र फाइनलको खेलको आफ्नो टिमलाई चियर गर्न जाने जुहीको भनाइ छ ।

    शाहरुख छोरी सुहाना, कान्छो छोरा अबराम र म्यानेजर पूजा दधलानीको साथमा केकेआर र सनराइजर्स हैदरावादको आईपीएल प्ले अफ हेर्न अहमदाबाद पुगेका थिए । केकेआरको समर्थनमा जुही चावला, जे मेहता, अभिनेत्री अनन्या पान्डे, सनाया कपूर, नभ्या नन्दा र अगस्त नन्दा पनि रङ्गशालामा देखिएका थिए । 

    हालैका केही दिनयता भारतमा गर्मी खपी नसक्ने गरी बढेको छ । उत्तर प्रदेश, राजस्थान, चन्दीगढ, पञ्जाब, दिल्ली, हरियाणा लगायत देशका कयौँ हिस्सामा मौसम विभागले तातो हावाको लहर चल्ने भन्दै रेड अलर्ट नै जारी गरेको छ ।

    प्रकाशित मिति :जेठ १० २०८१ बिहिवार - १२:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij