Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय 

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रायसीको गृहनगरमा अन्त्येष्टि गरिने

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रायसीको गृहनगरमा अन्त्येष्टि गरिने


  • 2.9K
    Shares

    हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रायसीको गृहनगरमा अन्त्येष्टि गरिने
    images

    हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ ।

    बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो ।

    उनको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो । 

    इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ । 

    अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि राईसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ ।

    राजधानी तेहरानमा बुधबार दिवङ्गत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् । 

    बुधबार तेहरानमा भएको श्रद्धाञ्जलि सभामा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दुर्घटनामा ज्यान गुमाएका राष्ट्रपति रायसी र अन्य आठ जनाको कफिनअगाडि घुँडा टेकेर उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए ।

    प्रकाशित मिति :जेठ १० २०८१ बिहिवार - १२:०२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij