Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ओरियन्टेसन क्लासमा विभागको छापा : तालिम नै नदिइ भित्रभित्रै यसरी गरिँदैछ सेटिङ

ओरियन्टेसन क्लासमा विभागको छापा : तालिम नै नदिइ भित्रभित्रै यसरी गरिँदैछ सेटिङ


  • 8.8K
    Shares

    ओरियन्टेसन क्लासमा विभागको छापा : तालिम नै नदिइ भित्रभित्रै यसरी गरिँदैछ सेटिङ

    काठमाडौ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम दिने संस्थामा मंगलबार छापा मारेको छ । त्यसक्रममा तालिम नै नदिइ सेटिङमा प्रमाण वितरण गरेको पाइएकोे विभागले जनाएको छ ।

    विभागले मंगलबार काठमाडौंको सिनंमगलस्थित निशान मल्टिपल ट्रेनिङ (लाइसेन्स ८८) प्रा.लि. र नयाँ बानेश्वरस्थित ग्वोबल क्यरियर ट्रेनिङ प्रा.लि. (लाइसेन्स २२) मा मार्दा यस्तो तथ्य फेला परेको हो ।

    यसअघि पनि त्यस्ता संस्थामा विभागले छापा मार्दा पनि अभिमुखीकरण तालिम नै नदिई प्रमाणपत्र बिक्री गरिरहेको भेटिएको थियो ।

    निशान मल्टिपलले २५ जनालाई हाजिर र इन्ट्री गरे पनि ७ जनालाई तालिम नदिइ प्रमाणपत्र दिएको अनुगमनका क्रममा पाइएको विभागबाट खटिएको टोलीले जानकारी दिएको छ । यस्तै, ग्लोबलमा २६ जनाको हाजिर र इन्ट्री भए पनि ४ जनाले मात्र तालिम लिएको भेटिएको टोलीले जानकारी दियो ।

    वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम नै नदिइ सेटिङमा प्रमाणपत्र बिक्री गरेको अनुगमनका क्रममा भेटिएको विभागका अधिकृत मात्रिका सापकोटाले जानकारी दिए ।

    अभिमुखीकरण जस्तो महत्वपुर्ण तालिमका नाममा मनपरी भइरहेको पाइएको बताउँदै उनले तालिम नै नदिइ अवैध रुपमा प्रमाण दिँदै आएका संस्थालाई कानुनी कारबाही गरिने सापकोटाले बताए । त्यस्ता संस्थामाथि वैदेशिक रोजगार ऐनअनुसार संस्था खारेजीदेखि आर्थिक जरिवानासम्म हुने उनको भनाइ छ ।

    वैदेशिक रोजगारीमा जाने कामदारलाई राम्रो तालिम नदिँदा उनीहरू रोजगारदाता देशमा जोखिम लिएर काम गर्न बाध्य हुन्छन् ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij