Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई तोकियो फासी

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई तोकियो फासी


  • 3.8K
    Shares

    बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई तोकियो फासी
    images

    भारतको राजस्थान राज्यस्थित भिलवाडा जिल्लाको कोटडीमा एकजना नाबालिगमाथि भएको सामूहिक बलात्कार प्रकरणका दुईजनालाई फासीको सजाय भएको छ ।

    नाबालिगलाई सामूहिक बलात्कारपछि जिँदै इँटाभट्टामा हालेर जलाएको प्रकरणमा संलग्न ९ जनामध्ये २ जनालाई अदालतले सोमबार फासीको सजाय सुनाएको हो । भीलवाडाो पोक्सो अदालत-२ ले दोषीलाई फासीको सजाय सुनाएहो । २ अगस्ट २०२३ को यस घटनापछी पुलिसले अनुसन्धान अघि बढाएर ९ जनालाई गिरफ्तार गरेको थियो । अदालतले यही शनिबार सात अभियुक्तलाई रिहा गर्दै कालु र कान्हालाई दोषी ठहर गरेको हो ।

    सफाइ दिइएका सात अभियुक्तमध्ये दोषी कालु र कान्हाकी पत्नी, आमा र बहिनी छन् । दुवै दोषीलाई फासीको सजाय सुनाइएपछि मृतक नाबालिगकी आमाले अदालतबाहिर सञ्चारमाध्यमलाई भनिन्, ‘अब हामीलाई न्याय मिलेको छ ।’

    दोषीलाई सजाय मिलेपछि पूर्व मुख्यमन्त्री अशोक गहलोतले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अगस्ट २०२३ मा भिलवाडाको कोटडीमा बालिकामाथि बलात्कार र हत्याको मामिलामा अदालतबाट दोषीलाई मृत्युदण्डको सजाय सुनाइनु स्वागतयोग्य छ ।’

    करिब एक महिनामै यस केसको मुद्दाको फाइल तयार गरिएको थियो । अब करिब १० महिनापछि यस प्रकरणका दुईजना दोषीलाई फासीको सजाय सुनाइएको हो ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - १९:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij