Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते

चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते


  • 2.2K
    Shares

    चीनमा चक्कु प्रहारको घटना बढ्दो, प्राथमिक विद्यालयका पाँच जना घाइते
    images

    बेइजिङ । चीनको एक प्राथमिक विद्यालयमा चक्कु प्रहार हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । 

    पूर्वी चीनको जियाङ्सी प्रान्तको गुइक्सी शहरको एउटा प्राथमिक विद्यालयमा सोमबार उक्त घटना भएको समाचारमा उल्लेख छ ।

    गत मे ७ मा युनान प्रान्तमा पनि यस्तै घटना भएको थियो । अस्पतालमा भएको घटनामा दुईजनाले ज्यान गुमाउनु परेको थियो । छुरा प्रहारबाट घाइते भएका अन्य २१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    चीनमा अधिकांश जनताका लागि व्यक्तिगत बन्दुक राख्नु गैरकानुनी मानिन्छ । यस्तोमा सार्वजनिक स्थलमा चक्कु प्रहारका घटना बढेका छन् ।

    गतवर्ष अगस्टमा पनि युनानको आवासीय जिल्लामा एक मानसिक रोगीले केही व्यक्तिलाई छुरीले आक्रमण गरेका थिए । सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य  सात जना घाइते भएका थिए । 

    यस्तै जुलाईमा पनि दक्षिणपूर्वी प्रान्त ग्वाङ्डोङको एउटा किन्डरगार्टेनमा छुरा प्रहारको घटना भएको थियो । यस घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - १५:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij